आइतबार, चैत १५, २०८२

रोनाल्डोविरुद्ध बलात्कारको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

जर्मन (एजेनसी)-पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलका कारण चर्चामा रहने गरेका छन् । तर, उनको चर्चा खेलमा मात्र सिमित छैन । समय समयमा उनीसँग सम्बन्धित खेलबाहेकका सामाचार सार्वजनिक हुने गरेका छन् । 

एक ३४ वर्षे महिलाले रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लगाएकी छिन् । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।

रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राले बताएकी छिन् । रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको तर १ प्रतिशतले जितेकोले बताए । म्योग्राले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’

यसअघि ‘फुटबल लिक्स’ नामक वेबसाइटमा यो खबर आएपछि रोनाल्डोले जबर्जस्ती नभएर आपसी सहमतिमा सम्बन्ध रहेको बताएका थिए । रोनाल्डोका वकिल सेच्र्ज बग्र्मानले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।