मंगलबार, असार १७, २०८२

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।
 |  आइतबार, माघ १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

vianetvianet

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको छ। 

आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकताका लागि निवेदन दिएपछि प्रक्रिया पुर्‍याएर वितरण गरिएको बताएका हुन्।

लामिछाने सर्वोच्चको आदेशपछि नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन काठमाडौं पुगेका थिए। गत शुक्रबार सर्वोच्चको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। सोहीअनुसार लामिछानेले प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन्।

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

यसअघि लामिछालेले नागरिकता लिन गृह मन्त्रालयसँग परामर्श गरेको बताइएको छ। गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी काठमाडौं जिल्ला प्रशासनमा पुगेका थिए। 

लामिछाने २०५० मा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका थिए। तर २०७५ मा नेपाल फर्किएका रविले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेस गरेका थिएनन्। २०५० मा लिएर बीचमा त्यागिसकेको नागरिकता पेस गरेर उनले नेपाली राहदानी निकालेका थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेस गरेका थिए।

रविले गत ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सांसदमा उम्मेदवारी दिँदा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेस गरेका थिए।

रविले दोस्रो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नेपाली नागरिकता लिएका हुन्। 

चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिकमा रुपमा सक्रिय हुन सक्नेछन्। यद्यपि रविविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोग गरेको आरोप लागेको छ।

प्रकाशित: Jan 29, 2023| 14:05 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...