मंगलबार, चैत १४, २०७९

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

National life insurance

सर्वसाधारणहरु लाइनमा बसिरहेको बेला रवि सुरक्षाकर्मीसहित सोझै कार्यालयभित्र छिरेका हुन्। कार्यालयले उनको नागरिताको प्रक्रिया अघि बढाइसकेको छ।

 उनले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनस् लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा उनीविरुद्ध रिट परेको थियो। शुक्रबारको सुनुवाइमा संवैधानिक इजलासले उनको नागरितासहित प्रतिनिधिसभाको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहेका गृह तथा उपप्रधानमन्त्री पद पनि खारेज गरिदिएको थियो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हले रविको नागरिकता मुद्दामा उक्त फैसला गरेको थियो।

लामिछानेले वंशजको आधारमा २०५० सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको लिएकोमा २०७० साल ९सन् २०१४० मा अमेरिकी नागरिकता लिएका थिए। तर नेपाली नागरिकत त्यागेका थिएनन्। नेपाल फर्किएपछि उनले पुरानै नागरिकताबाट पासपोर्ट बनाएकोमा ५ वर्ष उनीसँग दोहोरो नागरिकता थियो। 

२०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका थिए। तर अमेरिकी नागरिकता त्यागे पनि उनले पुनस् नेपाली नागरिकता लिएका थिएनन्। २०५० सालमा जारी नागरिकताबाटै उनले गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ मा उम्मेदवारी दिएका थिए। उपप्रधा मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दलका नेता रहेकोमा सर्वोच्चको फैसलासँग उनका यी सबै पद गएका छन्।

worldlink

उनी सीडीओ कार्यालय पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: Jan 29, 2023| 12:59. 30 आइतबार, माघ १५, २०७९

थप समाचार

कोसी नामकरणको विरोधमा तनावग्रस्त बन्यो विराटनगर

प्रदेशको नाम कोसी बदलेर जातीय पहिचान झल्किने नाम राख्नुपर्ने मागसहित विरोधमा उत्रिएका पहिचानवादी समर्थकले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको हो। 

एमाले पेलाइमा थकित भए भीम रावल

एमालेभित्र विधि र पद्धतिको कुरा उठाउँदा थिचोमिचो र घचेटाइमा पार्ने क्रम नरोकिएपछि नेता रावलले सुनाए नयाँ विकल्पको बाटो।