आइतबार, जेठ ३, २०८३

'रवि अनागरिक होइनन्'

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्। 

National life

शनिबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष मिश्रले लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको बताएका हुन्। उनले धेरैले लामिछाने अनागरिक/राज्य विहीन भएको टिप्पणी गरेको भन्दै यस्तो दाबी गरेका हुन्। 

‘नेपालको संविधान, पृष्ठ ४ मा नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्। लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक/राज्य विहीन होइनन्,’ मिश्रले भनेका छन्। 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। त्यसपछि उनको मन्त्री र पार्टी अध्यक्ष पदसमेत गुमेको छ।

प्रकाशित: Jan 29, 2023| 07:38 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...