इटहरीमा मापदण्ड विपरीत सडक किनारमा निर्माण गरिएका संरचना भत्काउँदै इटहरी उपमहानगरपालिकाको टोली। यसअघि पटक/पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरे पनि नहटाइएका संरचना उपमहानगरले शुक्रबारदेखि हटाउन थालेको हो। हालै धरान उपमहानगरले पनि अवैध संरचनामा डोजर लगाएको थियो। तस्बिर: रासस