आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला

फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन्। सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन्। सो मिति अगावै निर्वाचन नभए मुलुकमा  अनिष्ट हुने उनको भनाइ छ। 

National life

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन्। डा. कोइरालाले भने, 'राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि सडेन्त्र भइरहेकोमा त्यो आवश्यक छैन।' नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने उनले बताए। 

सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति भएको उनको भनाइ छ। कोइरालाले भने, 'संसदबाट बजेट आएन, संसदबाट पारित विधेयक राष्ट्रपतिले अड्काएर राख्नु भयो।'

नेता डा. कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए। अघिल्लो कार्यकाल पनि एमाले र माओवादीकै कारण कारण कांग्रेस नेतृत्वमा पुगेको भन्दै अहिले प्रतिपक्षमा रहेपनि फेरि पहिलेको जस्तो अवस्था नहोला भन्न नसकीने बताए।

प्रकाशित: Jan 28, 2023| 13:14 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...