आइतबार, जेठ ३, २०८३

सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बस्दै छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं- बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बस्दै छ।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। दाहाल बुधबार बेलुका बालुवाटार सरेका थिए।

बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री दाहालको व्यस्तताका कारण आज बस्न लागेको हो। बिहीबार बिहान बस्ने बैठकमा शक्ति बाँडफाँट र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने मल्लले बताए। साथै एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको थियो।

प्रकाशित: Jan 28, 2023| 10:50 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...