मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • समाज
  • मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

भक्तपुर- एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

National life insurance

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन्।

उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९:२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए।

हाल मुक्तिनाथ विकास बैंकका गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धुम्बाराहीका रहेको जनाइएको छ। उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्वकर्मचारीसमेत रहेको जनाइएको छ।


प्रकाशित: Jan 27, 2023| 09:35. 18 शुक्रबार, माघ १३, २०७९

थप समाचार

भोजमा विभेद गरेका गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता

उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछूत गरेको निष्कर्ष निकाल्दै कानुनी कारबाही हुनुपर्ने बताएको थियो।

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।