शनिबार, चैत ११, २०७९

दयाहाङ अभिनीत दुई चलचित्र प्रदर्शन मिति एकै दिन, प्रचारमा दबाब

अभिनेता दयाहाङ राई अभिनीत ‘बिहे पास’ र ‘जारी’ फिल्म नयाँ वर्ष १ वैशाख २०८० मा प्रदर्शनमा आउने भएका हुन्।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– अभिनेता दयाहाङ राई अभिनीत दुई वटा चलचित्रको प्रदर्शन मिति एकै दिन जुरेको छ। नयाँ वर्ष १ वैशाख २०८० मा ‘बिहे पास’ र ‘जारी’ फिल्म प्रदर्शनमा आउने भएका हुन्। 

National life insurance

एकै मितिमा आफ्ना दुई फिल्म प्रदर्शन मिति तय गरेपछि दयाहाङलाई प्रचार–प्रसारमा दबाब पर्ने देखिएको छ। एकै मितिमा दुई फिल्म रिलिज हुने भएपछि राई असन्तुष्ट रहेको बताइएको छ। उनले सुरुदेखि नै आफू अभिनीत फिल्म जुधाउन नहुने धारणा राख्दै आए पनि जोर चलेन।  

निरन्तर नयाँ फिल्ममा साइन गरिरहेका दयाहाङका दुई फिल्म एकै दिन आउँदा उनका फ्यानलाई पनि द्विविधा हुनेछ। दुवै फिल्मका निर्देशक तथा निर्मातालाई पनि टाउको दुखाइ भएको छ। दुवै निर्देशक निर्माताले दयाहाङमाथि पैसा खनाएको हुन् । यस्तो बेला दयाहाङलाई प्रचारप्रसार गर्न समयको जाँचोपाँचो मिलाउन गाह्रो त हुन्छ नै निर्मातालाई पनि डर छ ।  

सामाजिक कथानक फिल्म बताइएको ‘बिहे पास’ प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। वर्षकै प्रतीक्षित फिल्मका रूपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फस्र्टलुक पोस्टर पनि सार्वजनिक भइसकेको छ। 

श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो। एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काेमा उनीहरुको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिन्छन्।

worldlink

पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा छायांकित आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्म वितरणमा आफ्नो वर्चस्व कायम राखेको आरआर फिल्मस्ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो। 

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानिया र प्रकाश भुजेलले अभिनय गरेका छन्। शिव ढकालले खिचेको फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन्। मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन्। निर्माण पक्षले ‘बिहे पास’ लाई नयाँ वर्ष २०८० को कोसेलीस्वरुप दर्शकमाझ पस्कन लागेको जनाएको छ।

यसैगरी कवि, फिल्म लेखक, कलाकार तथा पोइट आइडलका निर्णायक उपेन्द्र सुब्बा निर्देशित फिल्म जारीले पनि १ वैशाखको प्रदर्शन मिति राखेर फस्र्ट लुक पोस्टर सार्वजनिक गरेको छ। जारीमा अभिनेत्री मिरुना मगर र दयाहाङकै मुख्य भूमिका छ। कवि सुब्बाको पहिलो निर्देशनमा बनेको जारी कोरोनाका कारण प्रदर्शनको मिति पछाडि सरेको थियो। जारीका निर्माता कबड्डीका निर्देशक रामबाबु गुरुङ हुन्। 

चलचित्र जारीमा सुब्बाले पूर्वी नेपालको लिम्बू समुदायको प्रेमकथालाई उठाएका छन्। धेरैलाई ‘जारी प्रथा’बारे सुब्बाले फिल्म बनायो भन्ने लाग्छ। जारी प्रथाभन्दा पनि प्रेम निरन्तर भइरहने कुरालाई ‘जारी’ भन्न खोजिएको हो।

प्रकाशित: Jan 27, 2023| 01:37. 18 शुक्रबार, माघ १३, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ।