आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • न्यायाधीशलाई रविका वकिलको प्रश्न- नागरिकता नीति कठोर बनाएर पञ्चायत फर्काउन खोजेको हो?

न्यायाधीशलाई रविका वकिलको प्रश्न- नागरिकता नीति कठोर बनाएर पञ्चायत फर्काउन खोजेको हो?

उक्त प्रश्नको जवाफ दिँदै न्यायाधीश खतिवडाले भने, 'नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा?’
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोस्रो दिनको बहस जारी छ। बहसका क्रममा रविका वकिल नरेन्द्र केसीले रविको नागरिकता र पासपोर्ट विवादको विषय नै नभएको टिप्पणी गरे।

National life

न्यायाधीश ईश्वर खतिवडाले रवि अमेरिकी नागरिक हुँदै नेपाली पासपोर्ट लिएको तथ्य स्थापित भइसकेको बताए। उनले भने, ‘सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो।’

अधिवक्ता केसीले नागरिकता नीति अनावश्यक कठोर बनाउन नहुने बताए। उनले प्रश्न गरे, ' नागरिकता नीतिलाई अनावश्यक कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किने हो?'

उक्त प्रश्नको जवाफ दिँदै न्यायाधीश खतिवडाले भने, 'नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो। बुधबार रिट निवेदकको तर्फबाट बहस भएकोमा आज रविका अधिवक्ताले बहस गरिरहेका छन्। बुधबार अधिवक्ताहरुले रवि अहिले पनि नेपाली नागरिक नभएको प्रश्न उठाएका थिए।

दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ।

प्रकाशित: Jan 27, 2023| 12:51 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...