बिहीबार, साउन ७, २०८३

पीपीएलको अक्सनका लागि १७९ खेलाडीको नाम दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

काठमाडौं-पोखरा प्रिमियर लिग पीपीएलको अक्सनका लागि १ सय ७९ जना खेलाडीले नाम दर्ता गराएका छन् । करिब एक हप्ता सम्म अक्सनका लागि खुलेको नाम दर्तामा १ सय ७९ खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन् । 

अक्सनका लागि नाम दर्ता गरेका खेलाडीमा ३० क्याप्ड सिनियर खेलाडी छन् । त्यस्तै एज क्याप्ड खेलाडी ५७ जना र अनक्याप्ड खेलाडी ९२ जना रहेका छन् । ६ टोली सहभागि प्रतियोगितामा प्रत्येक टोलीमा १५ देखि १८ खेलाडी रहनेछन् । 

प्रत्येक टिममा अक्सनमा १० खेलाडी अनिवार्य रुपमा किन्न पर्नेछ । सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुदैछ ।

पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ । यसपटक विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।