शुक्रबार, फागुन २९, २०८२

सुर्खेतमा पनि भेटिए पाँच दादुरा संक्रमित

सुर्खेतमा पनि पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- सुर्खेतमा पनि पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।

National life

वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक/एक जनामा दादुरा पुष्टि भएको केसीको भनाइ छ।

छिमेकी जिल्ला बाँकेमा दादुरा तीव्र रुपमा फैलिरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएको हो। संक्रमण फैलिएसँगै सतर्कता अपाउन सूचना अधिकारी केसीले सुझाव दिए।

दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ। यसअघि बाँकेको नेपालगञ्ज, बाँके नगरपालिका र कैलालीका तीन पालिकामा दादुरा पुष्टि भएको थियो। दादुरा संक्रामक रोग भएकाले यो छिट्टै महामारीका रूपमा फैलिने जोखिम रहन्छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दादुराको संक्रमण अन्य ठाउँमा पनि भएको हुन सक्ने आशङ्कामा निगरानी गर्न सबै पालिकालाई निर्देशन दिएको जानकारी दिए । 

Laxmi sunrise bank
kumari

नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो। तर पुन: दादुराका संक्रमित भेटिन थालेपछि लक्ष्यमा धक्का पुग्ने देखिएको छ।

प्रकाशित: Jan 26, 2023| 12:32 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्