आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

अन्य दलका लोभीपापी नेता, कार्यकर्ताहरूको देखासिकी गरेर व्यक्तिगत चाहना पूरा गर्नतिर नलाग्न एमालेपंक्तिलाई ओली मन्त्रणा।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– सत्तारुढ एमाले अध्यक्ष केपी ओलीले अन्य दलहरूका नेता/कार्यकर्ताले आफ्नो मात्रै लाभ हेर्ने गरे पनि एमाले त्यसमा पृथक रहेको दाबी गरेका छन्।

National life

बुधबार एमाले स्कुल विभागले आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका लोभीपापी नेता/कार्यकर्ताहरूको देखासिकी गरेर व्यक्तिगत चाहना पूरा गर्नतिर नलाग्न एमालेपंक्तिलाई सुझाएका हुन्।

जो मान्छेले चलाखीले व्यक्तिगत लाभ लिन्छ, त्यो राजनीतिमा सफल नहुने र त्यस्तालाई समाजले तिरस्कृत गर्ने ओलीले सुनाए। ‘कार्यकर्ता नमुना र आदर्श हुनुपर्छ अनि मात्र जनताले पत्याउँछन्’, उनले भने। 

उनले समाजलाई मार्गदर्शन र बदल्न सक्ने राजनीतिक गर्नुपर्ने आवश्यकता औंल्याए। एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको दाबी ओलीले गरे। 

अध्यक्ष ओलीले नयाँ पार्टी र तिनका नेतालाई लक्षित गर्दै सामाजिक असन्तुष्टिलाई क्याच गरेर, मौसमी कुरा उछालेर केही दल र नेताहरू ह्वात्त माथि आएको दाबी गरे। उनीहरू जसरी अस्थायी रुपमा माथि आएका छन्, त्यसैगरी बिलाइजाने ओलीको धारणा छ।

प्रकाशित: Jan 25, 2023| 14:51 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...