आइतबार, भदौ २८, २०८३

बागमतीमा राप्रपाबाट को-को बन्दैछन् मन्त्री

बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रीहरूको नाम टुंग्याएको छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रीहरूको नाम टुंग्याएको छ।

२६ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राप्रपाले आज थप दुई जनालाई सरकारमा पठाउँदैछ। मन्त्री हुनेमा काठमाडौंका राजु विष्ट र धादिङका डम्बर तामाङ रहेका छन्।

विष्टलाई वन तथा वातावरण मन्त्रालय र तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको बताइएको छ।

प्रकाशित: Jan 25, 2023| 13:32 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।