शुक्रबार, वैशाख २६, २०८२

नेकपा एस संसदीय सुविधा पाउनबाट वञ्चित

नेकपा एसले संसदीय दलको प्रमुख सचेतकका रुपमा सांसद प्रकाश ज्वालालाई तोकेर सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेपछि सचिवालयको उक्त भनाइ बाहिर आएको हो।
 |  बुधबार, माघ ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

vianetvianet

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलाई संसदीय सुविधा दिन नमिल्ने संघीय संसद् सचिवालयले प्रस्टीकरण दिएको छ। नेकपा एसले संसदीय दलको प्रमुख सचेतकका रुपमा सांसद प्रकाश ज्वालालाई तोकेर सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेपछि सचिवालयको उक्त भनाइ बाहिर आएको हो। 

triton college

सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नमिल्ने जवाफ पठाएको हो। कानुनअनुसार सचेतकलाई सुविधा उपलब्ध गराउन नमिल्ने जवाफ पठाइएको शाखाका उपसचिव रामहरि थापाले बताए। 

नेकपा एसले संघीय संसद्का पदाधिकारी तथा सुविधासम्बन्धी ऐनअनुसार सुविधा दाबी गरेको पनि सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ। ऐनमा १० बढी सांसद भएको दलको प्रमुख सचेतकले पदाधिकारीको सुविधा पाउने व्यवस्था छ। नेकपा एसका १० मात्र सांसद रहेकाले कम्तीमा ११ सदस्य हुनुपर्ने कानुनी व्यवस्थाका कारण सुविधा दिन नमिल्ने जवाफ पठाएको हो। 

जनमत, नागरिक उन्मुक्तिलगायतले पनि सोही खाले विवरण सुविधा शाखामा पठाएका छन्।  सचिवालयले कानुनअनुसार न्यूनतम सिट पूरा नगरेका दलले सुविधा नपाउने ऐनकै व्यवस्थाबारे पत्रमार्फत जानकारी गराएको बुझिएको छ। 

कानुनअनुसार प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दुवै सदनका विपक्षी दलका नेता, सत्तापक्षका नेता, सत्तापक्षका मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका प्रमुख सचेतक, दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक, विपक्षी दलको सचेतक र समिति सभापतिलाई पदाधिकारीका रूपमा सुविधा दिइने गरेको छ।

National life insurance

प्रकाशित: Jan 25, 2023| 11:20 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...