शनिबार, वैशाख २७, २०८२

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदै

२५ माघका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएअनुसार आज मनोनयन दर्ता हुन लागेको हो।
 |  बुधबार, माघ ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्दै छ। २५ माघका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो। सोहीअनुसार आज मनोनयन दर्ता हुन लागेको हो।

triton college

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो।

एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन्। नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो अहिलेसम्म लगाएको छैन। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी ३०५ मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २१८ मतदाता छन्।

१२ माघमा उम्मेदवारबारे उजुरी दिने, १३ र १४ माघमा मनोनयनपत्र एवं उजुरीउपर जाँचबुझ तथा १६ माघमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ। 

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन्। यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन्।

National life insurance

प्रकाशित: Jan 25, 2023| 10:52 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...