आइतबार, जेठ ३, २०८३

आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो। 

National life

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो।

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको थियो। 

उक्त प्रतिवेदनमा वाग्मती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो।

आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

प्रकाशित: Jan 25, 2023| 06:59 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...