शुक्रबार, फागुन २९, २०८२

के तातोपानीले कोलेस्टेरोल कम गर्छ?

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तो रगतमा ८३ प्रतिशत पानी हुन्छ। 

National life

पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ। हड्डीमा २२ प्रतिशत पानी हुन्छ। मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ। यसका अलावा शरीरका लागि सजिलै सफा गर्ने तत्वको रुपमा पानीले काम गर्छ। यस्तोमा तातो पानी पिउँदा यसले यात्रा गर्ने अंगलाई डिटक्सीफाइड अर्थात् विषाक्तरहित पार्छ।

कोलेस्टेरोलको कुरा गर्दा लिपिड रक्तनलीहरुमा टाँस्सिन्छन्। जब बढी चिल्लो या अस्वस्थकर चिज खाइन्छ, त्यसबाट बनेका लिपिड रक्तनलीमा टाँस्सिने हुन्छन्, जसले प्रारम्भिक रुपमा रक्तसञ्चार हुने मार्गलाई साँघुरो बनाइदिन्छन्। यसले मुटुमा दबाब पर्छ र शरीरका अन्य अंगमा रगत आपूर्तिमा अवरोध हुन्छ। यस्तो अवस्थामा तातो पानीले चिल्लो र अस्वस्थकर खानाबाट बन्ने लिपिडलाई सफा गर्छ र कोलेस्टेरोलको तह कम गर्न मद्दत पुग्छ।

कोलेस्टेरोलका लागि तातोपानीका फाइदा

तातो पानीले रक्तनलीमा टाँस्सिएका फ्याट मोलिक्युल्सलाई पगालेर हटाउन मद्दत गर्छ र रक्तनली सफा पार्छ।

Laxmi sunrise bank
kumari

तातोपानीले रक्तनलीमा टाँस्सिएका लिपिड्सलाई सफा गरेर शरीरमा रक्त आपूर्ति सहज बनाउँछ।

तातोपानीले ब्याड कोलेस्टेरोलका लागि कारक मानिएको ट्राइग्लीसराइड्स कम गर्न मद्दत गर्छ।

खाना खाएपछि तातोपानी पिउँदा शरीरमा कोलेस्टेरोल जम्मा हुन दिँदैन।

तातो पानीले धमनी र नसालाई शरीरमा पूर्ण रुपमा रगत फैलाउन मद्दत गर्छ, जसबाट शरीरका अंग स्वस्थ हुन्छन्।

हाई कोलेस्टेरोलमा तातो पानी पिउने सही तरिका

आयुर्वेदका अनुसार हाई कोलेस्टेरोलमा तातो पानी पिउने सही तरिका हो बिहान खाली पेटमा पिउनु। पानी करिब १२० फरेनहाइट हुनुपर्छ। आवश्यकताअनुसार कागती, महजस्ता चिज मिसाउन सकिन्छ।

प्रकाशित: Jan 25, 2023| 06:15 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्