आइतबार, जेठ ३, २०८३

ठूला दलका नेता राजा भएपछि संसद्को गरिमा धुलिसात् : सीके राउत

ठूला दलका नेताहरू जनप्रतिनिधि थलोमा राजाजस्तै गरेर आउने र तुरुन्तै फर्किहाल्ने प्रवृत्तिले संसद्को गरिमामा ठेस पुगेको राउतको टिप्पणी।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं– सत्तारुढ जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरू जनप्रतिनिधि थलोमा राजाजस्तै गरेर आउने र तुरुन्तै फर्किहाल्ने प्रवृत्तिले संसद्को गरिमामा ठेस पुगेको टिप्पणी गरेका छन्।

National life

मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाइ तथा शुभकामना दिने क्रममा अध्यक्ष राउतले यस्तो बताएका हुन्।

उनले सांसदलाई बोल्न दिइने गरेको समयमा पुनर्विचार गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए। राउतले भने, ‘संसद्मा सांसदलाई बोल्न समय दिने विषयमा पुनर्विचार गर्नुपर्दछ। संसद् सञ्चालन नियमावलीमा मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्छ। संसद्को नियम स–साना पार्टीलाई मात्रै लाग्ने हो कि ठूला पार्टीहरूलाई पनि हो?’ 

संविधानको भावनाअनुसार संसद् नियमावली संशोधन गर्नुपर्ने देखिएको उनले बताए। उनले भने, ‘२०७५ भदौमा हाम्रो पार्टीका एक कार्यकर्तालाई कुनै मन्त्रीलाई प्रश्न सोध्न आयो भन्ने आरोपमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा राख्दा उनको मृत्यु भएको थियो। यो प्रकरणलाई संसद्मा उठाउँदा तत्कालीन गृहमन्त्रीबाट उनको नाम यहाँ उच्चारण गर्न पाइँदैन भनिएको थियो। त्यो अलोकतान्त्रिक अभ्यास यस पटक नहुने ग्यारेन्टी चाहन्छु।’

प्रकाशित: Jan 24, 2023| 17:01 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...