सोमबार, मंसिर २२, २०८२

सुदूरपश्चिममा भूकम्पको धक्का, केही घर भत्किए

भूकम्पको धक्काले सुपका केही जिल्लामा क्षति पुगेको अनुमान छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो।

National life

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्काले सुपका केही जिल्लामा क्षति पुगेको अनुमान छ। केही घर भत्किएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्। 

भूकम्पको केन्द्रबिन्दु बाजुरा भएको विभागले जानकारी दिएको छ। भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीसम्म महसुस भएको थियो।

धक्का महसुससँगै सुदूरपश्चिमका जिल्लामा मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पका कारण भएको क्षति भने यकिन भइसकेको छैन। 

यसअघि गत कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६‍.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने  केही घाइते भएका थिए।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 24, 2023| 15:22 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।