सोमबार, वैशाख २८, २०८३

घम्साघम्सीमा उत्रिए आईओएमका विद्यार्थी र प्रहरी

आईओएमभित्रका विकृति सुधारको माग गर्दै विद्यार्थीले बिहान ताला लगाएका थिए।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

National life

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच तनाव सिर्जना भएको छ।मंगलबार विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि तनाव भएको हो।

आईओएमभित्रका विकृति सुधारको माग गर्दै विद्यार्थीले बिहान ताला लगाएका थिए। प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए। विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको छ भने केहीलाई नियन्त्रणमा लिएको छ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूह आईओएमभित्रका विकृतिविरुद्ध आन्दोलित हुँदै आएका छन्। आन्दोलनकारी विद्यार्थीले होस्टल व्यवस्थित गर्नुपर्ने, होस्टलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउन नहुने र होस्टलमा क्षमताभन्दा बढी संख्या राख्न नहुने माग गर्दै आएका छन्।

प्रकाशित: Jan 24, 2023| 13:24 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्