शनिबार, साउन २, २०८३

हराएका बालकको कङ्काल भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हुम्ला- तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका- २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । 

गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए ।  

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले भावुक हुँदै भने, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुप¥यो ।” 

उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताए ।  

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।