NadaNada
बिहीबार, भदौ ५, २०८२

जनकपुरमा मागियो गृहमन्त्री लामिछानेको राजीनामा

भारत गएका बेला अपहरणपछि हत्या गरिएका दुई युवा मृत फेला परेपछि मृतकका आफन्त तथा स्थानीय छानबिन तथा दोषी पक्रिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।
 |  सोमबार, माघ ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

vianetvianet

काठमाडौं– मधेस प्रदेश मुकाम धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै विरोध प्रदर्शन भएको छ।सोमबार भारत गएका बेला अपहरणपछि हत्या गरिएका दुई युवा मृत फेला परेपछि मृतकका आफन्त तथा स्थानीय छानबिन तथा दोषी पक्रिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।

भारत गएका बेला सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगर–८ का २१ वर्षीय रोहित साह र १३ का २२ वर्षीय विष्णु साहको शव आइतबार बिहान साढे २ बजे फेला परेको थियो। 

घटनाबारे प्रहरीलाई जानकारी गराउँदासमेत बेवास्ता गरेपछि पीडितका आफन्तर स्थानीय विरोधमा उत्रिँदै गृहमन्त्रीको राजीनामा मागेका हुन्। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नेपाल र तीन जनालाई भारतबाट पक्राउ गरेको छ। 

भारत सीतामढीको बेला परिहारमा गाडिएको अवस्थामा ती दुई युवाको शव फेला परेका थियो। गत २७ पुसमै भारतमा आफन्तको घर जाँदा सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएको केही दिनपछि साहका परिवारले प्रहरीलाई जानकारी गराएको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी जाँचपड्ताल गर्दा उनीहरूको शव फेला परेको हो।

प्रकाशित: Jan 23, 2023| 17:05 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।