शनिबार, वैशाख १९, २०८३

धर्नामा बसेकी रुबी खानसहित अधिकारकर्मी पक्राउ

यसअघि गृहमन्त्री रवि लामिछाने धर्नामा बसेकी खानसहित अभियन्ताहरूलाई भेटेका थिए।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- माइतीघरमा धर्ना बसेकी रुबी खान पक्राउ परेकी छन्।

National life

निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याबारे अनुसन्धान हुनुपर्ने र आरोपी बादशाह कुर्मीलाई पक्राउ गर्नुपर्ने मागसहित धर्नामा बसेकी खानलाई सोमबार बबरमहलस्थित जिल्ला अदालतबाट सिंहदरबारतर्फ लागिरहेका बेला पक्राउ गरिएको हो। उनीसहित अन्य केही अधिकारकर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार उनीहरु माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेका थिए। अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेका हुन्।

आजको कार्यक्रममा वृहत नागरिक आन्दोलनले पनि साथ दिएको छ। निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले  बताएका छन्।

यसैबीच महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए।

यसअघि गृहमन्त्री रवि लामिछाने धर्नामा बसेकी खानसहित अभियन्ताहरूलाई भेटेका थिए। शनिबार भेटेर लामिछानेले कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

रुबि न्यायको माग गर्दै तेस्रोपटक काठमाडौं आएकी हुन्‌। उनी २६ दिनदेखि माइतीघरमा धर्ना दिइरहेकी छन्।


प्रकाशित: Jan 23, 2023| 15:18 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।