आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय समिति बैठकको तयारीका लागि कांग्रेसले बोलायो पदाधिकारी बैठक

केन्द्रीय समिति बैठकको तयारीका लागि कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसले अहिले साढे ९ बजे भापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठक बोलाएको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले अहिले साढे ९ बजे भापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठक बोलाएको छ।

National life

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसमा दुईपक्षबीचको विवाद बढ्दै गएको छ। आइतबार मात्रै शेखर कोइराला समूहले आफ्नो गुटको भेला गर्दै देउवाको सो कदमको आलोचना गरेको थियो।

प्रकाशित: Jan 23, 2023| 09:01 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...