काठमाडौं- गण्डकी प्रदेशमा मन्त्रालय घटाएर सात वटा बनाउने सहमति भएको छ। गण्डकीमा १२ वटा मन्त्रालय रहेकामा घटाएर सात वटा बनाउने सत्ता गठबन्धनले उक्त सहमति गरेको हो।
मुख्यमन्त्री खगराज अधिकारीको निवासमा आइतबार साँझ बसेको गठबन्धनको बैठकमा मन्त्रालय संख्या घटाउने सहमति भएको हो।
मन्त्रालय कुन-कुन बनाउने भन्ने विषयमा परामर्श गरेर टुंगो लगाइने राप्रपाबाट मन्त्री बनेका पञ्चराम गुरुङले बताए।
मन्त्रालय भागवण्डामा सहमति हुन नसक्दा गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। दलहरूले बढी दाबी गरेपछि मन्त्रालयको भागवण्डा टुंगिन नसकेको हो।