मंगलबार, चैत १४, २०७९

दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

National life insurance

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।

पुस १२ गते नेपालगञ्जको वडा नं. ५ मा एकै घरका पाँच जनामा दादुरा संक्रमण देखिएको थियो। त्यसको केही दिनपछि दुई वर्ष सात महिनाका बालकको मृत्यु भएको थियो।

मन्त्री गिरीले दादुराविरुद्धको खोप अभियानको निरीक्षण गरेका थिए। मन्त्री गिरीकै अगाडि बालबालिकालाई खोप लगाइएको थियो। त्यसपछि मन्त्री गिरीले भेरी अस्पतालमा थपिएको डायलासिस मेसिनको उद्घाटन गरेका छन्। भेरीमा चार वटा मेसिन रहेकोमा ६ वटा थपिएको छ। भेरीमा अहिले हप्तामा ५४ जनाले नियमित डायलासिस सेवा लिइरहेका छन्।

भेरी अस्पतालका मेसु डा. बद्री चापागाईले फोहोर व्यवस्थापनदेखि समग्र अस्पतालको बारेमा मन्त्री गिरीलाई जानकारी गराएका थिए।

worldlink

प्रकाशित: Jan 22, 2023| 12:25. 37 आइतबार, माघ ८, २०७९

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।