शनिबार, वैशाख १९, २०८३

गण्डकी र प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली

देशमा अहिले उल्लेखनीय मौसम प्रणाली नभएकाले आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य भुभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- देशमा अहिले उल्लेखनीय मौसम प्रणाली नभएकाले आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य भुभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

National life

आज राति बागमती र मधेस प्रदेशसहित प्रदेश १ को पहाडी भूभागमा मौसम सामान्य बदली रहने र बाँकी ठाउँमा मौसम सफा रहने विभागको भनाइ छ। त्यस्तै, भोलि सोमबार देशभर मौसम सफा रहने छ। सोही राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। सो दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, माघ १० गते मंगलबार पनि उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। सो दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका आंशिक बदली रहने छ। एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी भुभागमा हल्का हिमपात समेत हुने विभागले जनाएको छ।

तराईका केही भूभागमा विहानीपख हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहेकाले हवाई यातायात प्रभावित हुनसक्ने र तराइको जनजीवन प्रभावित हुनेछ। अझ केही दिन चिसो कायमै रहने हुनाले त्यसबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: Jan 22, 2023| 07:37 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।