बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यौन दुर्व्यवहारको आरोप लागेपछि डिफेन्डर ड्यानी अल्वेश पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेपछि डिफेन्डर ड्यानी अल्वेश पक्राउ

महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि ब्राजिलियन राष्ट्रिय टिमका डिफेन्डर डानी अल्भेस स्पेनमा पक्राउ परेका छन्।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि ब्राजिलियन राष्ट्रिय टिमका डिफेन्डर डानी अल्भेस स्पेनमा पक्राउ परेका छन्।

National life

क्याटलान क्लब बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका अल्भेसमाथि गएको डिसेम्बरमा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका छ।

उनी विश्वका सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन्। उनले अहिलेसम्म ४३ भन्दा धेरै ठूलो उपाधि जितिसकेका छन्। ब्राजिलका ३९ वर्षीय डिफेन्डरले २०२२ को डिसेम्बर ३० मा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन्। तर सुरुआति सुनुआईमा जजले उनलाई छोड्न आदेश नदिएपछि पुलिसले बार्सिलोना नजिकैको थुनामा राखेको छ।

उनले नाइट क्लबमा उपस्थित भएपनि आफुले दुर्व्यवहार नगरेको दाबी गरेका छन्। अल्भेसलाई  अब बार्सिलोनाको सिउटाट डे ला जस्टिसियामा लगिनेछ।

Laxmi sunrise bank
kumari

त्यहाँ उनी अदालतको सुनुवाइमा उपस्थित हुनेछन्। पछिल्लो वर्ष पास भएको नियम अनुसार स्पेनमा यौन दुर्व्यवहारको कानुनलाई निकै बलियो बनाइएको छ। त्यहाँ दुव्र्यवहार गर्नेलाई १५ वर्षसम्म कारागार पठाउन सक्ने सम्मको नियम रहेको छ।

प्रकाशित: Jan 22, 2023| 07:12 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।