शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो, कस्तो रहला दिनभरको मौसम?

काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो, कस्तो रहला दिनभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

 काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

National life

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। दिउँसो १९ देखि २१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। उनका अनुसार काठमाडौंमा आज दिनभर मौसम सफा रहनेछ। 

आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश–१ का  पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: Jan 22, 2023| 06:45 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।