शनिबार, साउन २, २०८३

 रिहा भएको दोस्रो दिन फेरि पक्राउ परे नागराज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सट्टेबाजी र हुन्डी कारोबारका मुख्‍य नाइके मानिने नागराज भनिने थमनलाल अग्रवाल उच्च अदालतबाट छुटेकै दोस्रो दिन बिहीबार पक्राउ परेका छन्। 

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार उनलार्इ पक्राउ गरेको हो। 

यसअघि अपराध अनुसन्धानको टोलीले ९ असारमा सट्टेबाजी र हुन्डीको कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरेको थियो। उनलार्इ सट्टेबाजी र हुन्डीको मुद्दामा बुधबार चालिस लाख धरौटीमा रिहाको आदेश दिएको थियो। 

रिहाको आदेशको दोस्रो दिन नै पुन: सोही मुद्दामा बिहीबार पक्राउ गरेको महानगरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले नेपाल समयलार्इ बताएका थिए। 

उनलार्इ पक्राउ गरेलगत्तै महाशाखाले नागराजलार्इ सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको थियो।    


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।