शुक्रबार, वैशाख २६, २०८२

मतदाता परिचयपत्र भएर पनि नागरिकता किन छैन मुसहरसँग?

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्।
 |  शनिबार, माघ ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

vianetvianet

चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन्। उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन।

triton college

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्। उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो। बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सकेनन्। वर्षौदेखि आफ्ना पूर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उनले बताए।

'नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,' माझीले भने। नागरिकता नहुँदा दैनिक मजदूरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उनको गुनासो छ।

यस्तै गुनासो छ  ५५ वर्षीया एमपी माझीको। 'लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ।' उनले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरुलाई किन चाहियो नागरिकता’ उल्टै  प्रश्न गर्ने गरेको दुःखेसो पोखे।

नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताए। उनले भने, 'नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे। कमाएको पैसा बचत गर्न सकिन्थ्यो।' नागरिकता नहुँदा आफुहरु ठगिएको स्मरण गर्दै उनले भने, 'हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामुहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर  फरार भयो।'

National life insurance

आफूहरुसँग मतदाता परिचय पत्र भने भएको उनले बताए। हरेक निर्वाचनमा साविकको कठार गाउँपालिकाबाट मतदान गर्दै आउनुभएको छ, तर नागरिकता बनाउन खोज्दा समस्या भएको माझीको भनाइ छ। दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्दै आएको मुसहर समुदायलाई व्यवस्थितरुपमा राख्नका लागि २०७६ सालमा जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गरिएको थियो। 

एकीकृत बस्ती निर्माण भएर सुरक्षित बसोबासको व्यवस्था भए पनि आफूहरु नागरिकताबाट वञ्चित भएको २५ वर्षीय प्रकाश माझी बताउनुहुन्छ। वडा कार्यालय र राजनीतिक दलहरुले आफ्नो समस्याप्रति बेवास्ता गरेको उनको गुनासो छ। माझीले भने, 'विदेश गएर कमाउन पनि नागरिकताका कारण सकिएको छैन।'

एकीकृत मुसहर बस्तिमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन्। एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन्। बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ। 

खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीले पालिका र प्रशासनसँग समन्वय गरी नागरिकता बनाउने काम अघि बढाउने बताए। 'मुसहर बस्तिका बासिन्दाको जीविकोपार्जनका लागि आत्मनिर्भरका कार्यक्रम ल्याउँदै छौँ', उनले भने। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले वंशज खुल्ने कागजपत्र नभएका कारण नागरिकता नपाएको हुनसक्ने बताए। उनले भने, 'पूर्खाको पालादेखि बसोबास गरेको हकमा हामी नागरिकता दिन सक्छौँ।' वडा कार्यालयबाट सिफारिस आए सहज रुपमा नागरिकता दिन सकिने उनले बताए।

प्रकाशित: Jan 21, 2023| 22:00 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।