जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले आफ्नै कार्यालयका एक कर्मचारीलाई हातपात गरेर दुर्व् गरेका छन् । नगरपालिकामा कार्यरत लेखापाल पवन अधिकारीलाई मेयर साहले थप्पड हानेका हुन्।
कार्यालयको हरहिसाबको विषयमा सामान्य विवाद भएपछि मेयर साहले आफूलाई थप्पडले हानेको पीडित लेखापाल अधिकारीले बताए । ‘सामन्य कुरामा मेयर साहले म माथि थप्पड प्रहार गरे,’ अधिकारीले भने,‘ मलाई हातपात गरी मेयर साहले दुव्र्यवहार गरेका छन्। यस विषयमा मैले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी गराई सकेको छु। अब कारबाहीको लागि प्रशासनमा लिखित निवेदन दिँदै छु।’
मेयर साहले पनि लेखापाललाई थप्पड हानेको स्वीकार गरेका छन्। अधिकारीसँग गत आर्थिक वर्ष २०७४-७५ को हिसाब मागेपछि उल्टै धम्की दिएपछि एक थप्पड हानेको साहले स्वीकार गरे।
पटक पटक हिसाब मागेपनि अधिकारीले हिसाब दिन नमानेको मेयर साहले बताए। हिसाब बुझाउन गत साउन ११ गते आफूले लिखित निवेदन नै दिएको तर कुनै वास्ता नगरेपछि आवेशमा आएर एक थप्पड हिर्काएको मेयर साहले स्वीकार गरेका छन्।
लेखापाल अधिकारीको कामकारवाही ठिक नरहेको र प्रमुख प्रशासकीय अधिकृतलाई समेत टेर्न नमानेको साहको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४