शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते, तीनको अवस्था गम्भीर

नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते, तीनको अवस्था गम्भीर

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर-१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस दुर्घटना हुँदा हुँदा ४५ जना घाइते भएका छन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर-१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस दुर्घटना हुँदा हुँदा ४५ जना घाइते भएका छन्। घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

National life

शनिबार बिहान करिब ११:३० बजेतिर नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्रि सडकमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किंदै गरेका यात्रु सवार युपी१८एफटी ७४६६ नम्बरको बस दुर्घटना भएको हो।

बाटोदेखि करिब १० मिटर तल खोलामा खसेर भएको बसमा करिब ६० जना यात्रु रहेकोमा ४५ भारतीय तीर्थालु घाइते भई उपचारको लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

घाइते उद्धाका लागि उक्त स्थानमा इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चांपागाईको कमाण्डमा ट्राफिकसहित १५ जना र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट ११ जनाको टोली खटिगएको छ।

प्रकाशित: Jan 21, 2023| 14:02 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।