शनिबार, साउन २, २०८३

नेपालले इङ्ल्याण्डको क्लबसँग मैत्रिपुर्ण खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्याण्डको क्विन्स पार्क रेन्जर्स (क्युपीआर) फुटबल क्लबसँग मैत्रिपुर्ण म्याच खेल्ने भएको छ । नेपालले क्युपीआरसँग अर्को बर्ष मे महिनामा उक्त मैत्रिपुर्ण खेल खेल्ने भएको हो ।

प्रिमियर लिग खेलिसकेको क्युपीआरसँग अर्को बर्ष सम्म नेपालले मैत्रिपुर्ण खेल खेल्ने छ । फिफाको कार्यक्रमकालागि इङ्ल्याण्ड पुगेका अखिल नेपाल फुटबल संघ एन्फा र क्लबका पदाधिकारीबीच भएको छलफलमा सो सहमती भएको एन्फाले जनाएको छ ।

क्युपीआरले अहिले इङ्ल्याण्डको दोस्रो डिभिजनको लिग खेलिरहेको छ । लण्डन शहरबाट प्रतिनिधित्व गर्ने क्युपीआरले पछिल्लो समय सन् २०१४/१५ को लिग खेलेको थियो ।

उसले १९६७ मा लिग कपको उपाधि समेत उचालेको थियो । फिफाको अवार्डमा सहभागि हुन एन्फा अध्यक्ष शेर्पा गत आईतबार इङ्ल्याण्ड गएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।