आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • घिमिरेले सभामुखको कार्यभार सम्हालेपछि पहिलो पटक बस्यो सर्वदलीय बैठक

घिमिरेले सभामुखको कार्यभार सम्हालेपछि पहिलो पटक बस्यो सर्वदलीय बैठक

घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित ढंगबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– सात दलीय गठबन्धनबाट सभामुख चुनिएका देवराज घिमिरेको आह्वानमा पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन्।

National life

घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित ढंगबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन्। उनी ५ माघमा सभामुखमा निर्वाचित भएका थिए। 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, एमाले नेता सुवास नेम्बाङ, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, कांग्रेसका मुख्य सचेतक रमेश लेखक सहभागी छन्।

यस्तै, नेकपा एसका प्रमुख सचेतक प्रकाश ज्वाला, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, जनता समाजवादी (जसपा)का प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: Jan 21, 2023| 12:07 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...