आइतबार, जेठ ३, २०८३

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्। उपसभामुव चुनावको कार्यतालिकासहित आज बस्न लागेको प्रतिनिधिसभा बैठकअघि बिहान ११ बजेका लागि उनले सर्वदलीय बैठक डाकेका हुन्। संसद् भवन, नयाँ बानेश्वर शंकर हलमा बैठक बस्ने छ। 

National life

आज प्रतिनिधिसभाको १ बजेपछि बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ। हिजो शुक्रबार उम्मेदवारी दर्ता गरिएको थियो।

उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेसका तर्फबाट मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ। यादवलाई उपसभामुख बनाउनुपर्ने प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक छन् भने लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी समर्थक छन्।

रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ छन्। 

प्रकाशित: Jan 21, 2023| 10:39 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...