सोमबार, वैशाख २१, २०८३

बलात्कार आरोपमा दाङमा एक प्रहरी नै पक्राउ

दाङमा एक प्रहरी जवानलाई बलात्कारको आरोपपछि पक्राउ गरिएको छ। सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की बलात्कार मुद्धामा पक्राउ परेका हुन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- दाङमा एक प्रहरी जवानलाई बलात्कारको आरोपपछि पक्राउ गरिएको छ। सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की बलात्कार मुद्धामा पक्राउ परेका हुन्।

National life

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेर उनीविरुद्ध जबरजस्तीकरणीमा मुद्दासमेत दायर गरेको जनाएको छ। आरोपित कार्कीले सल्यान माइत जाँदै गरेकी एक महिलालाई बाटोबाटै होटलमा लगेर बलात्कार गरेको आरोप लागेको हो।

माइत नपुगेपछि महिलाको श्रीमानले सोधपुछ तथा खोजी गर्दा आफूमाथि बलात्कार भएको भन्दै घटनाको बारे खुलासा भएको थियो।

घटना खुलेपछि श्रीमान् र श्रीमती दुवै उपस्थित भएर कार्कीबिरुद्ध मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै अनुसन्धानका क्रममा महिला र कार्कीबिच पुरानै सम्बन्ध भएको पनि खुललेको प्रहरीले जनाएको छ। होटलमा बस्न पुगेका ती महिलाले रेकर्ड खातामा कार्कीलाई आफ्नो श्रीमान् भनि उल्लेख गरेको पाइएको पनि बताइएको छ।

कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको दाङ प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 21, 2023| 08:51 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।