बिहीबार, असार ३२, २०८३

सुस्मिता हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै  जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला अदालत मकवानपुरले  सुस्मिताको हत्या  परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।

उनका ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र  सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालत मकवानपुरले जनाएको छ।

सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: Jan 20, 2023| 20:54 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।