बुधबार, वैशाख २३, २०८३

नवलपुरमा दुईवटा गैंडा मृत भेटिए

नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

नवलपुर- नारायणी नदी किनारमा दुईवटा गैंडा मृत अवस्थामा भेटिएका छन्। नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्।

National life

वडा नम्बर २ मा पर्ने नदीको बगरमा अन्दाजी १४ वर्षकी पोथी गैंडा र ४ वर्षको केटो (गैंडाको बच्चा)मृत अवस्थामा भेटिएका हुन्। यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर्छ।  

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सिकारीको आक्रमणबाट गैंडाका माउ-बच्चाको मृत्यु भएको आशंका गरिएको बताए।

आजै बिहान मृत अवस्थामा भेटिएका दुई गैंडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ। अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ।

जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन्। यो घटनासँगै यस आर्थिक वर्षभित्र चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु भएका गैंडाको संख्या १० पुगेको छ।

प्रकाशित: Jan 20, 2023| 20:26 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।