सोमबार, वैशाख २१, २०८३

बैतडीको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटियो

जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

बैतडी- जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ।

National life

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारी गरेर घर फर्किरहेका थिए। चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, चार दिनदेखि बेपत्ता रहेकी सिगास गाउँपालिका ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी  छन्। 

राधिका माघ २ गते  दिउँसो  घाँस काट्न जान्छु  भनेर घरबाट निस्केकी बताइएको छ। घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी कार्य गर्दै जादा मृत  भेट्टिएकी हुन्।

प्रकाशित: Jan 20, 2023| 18:32 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।