शनिबार, साउन २, २०८३

पीपीएलमा सहभागी हुने टिम र मार्की खेलाडीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं-आगामी कार्तिक दोस्रो साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सहभागी हुने टिम र मार्की खेलाडीको घोषणा गरिएको छ । 

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहिबार सहभागी फ्रेन्चचाइज टिम र मार्की खेलाडीको घोषणा गरेको हो । पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ । 

यसपटक विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । यस्तै ६ वटै टिमले आफ्नो टिमको लोगो समेत सार्वजनिक गरेको छ । 

सबै टोलीले आफ्नो मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्यहरुलाई राखेको छ । सर्वाधिक पुरस्कार राशी रहेको लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ । 

सहभागी टिम विराटनगर टाईटन्सका टिम मालिक पारस लुनिया रहदा मार्की खेलाडीमा सन्दीप लामिछाने रहेका छन् । 

त्यस्तै चितवन राईनोजका टिम मालिकमा राहुल महरा तथा मार्की खेलाडीमा पारस खड्का, पोखरा पल्टनमा टिम मालिकमा बिनायक पोखरेल तथा मार्की खेलाडीमा शरद भेषवाकर,  बुटवल ब्लास्टरका टिम मालिकमा नरेश गौतम तथा मार्की खेलाडीमा सोमपाल कामी, हुलास काठमाडौं रोयल्सका टिम मालिकमा राज्य लक्ष्मी गोल्छा तथा मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल र एक्स्पर्ट धनगढी ब्लुजका टिम मालिकमा तोया नाथ अर्याल रहदा मार्की खेलाडीमा दिपेन्द्र सिह ऐरी घोषित भएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।