शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसंघ

थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसंघ

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले फेला पारेको उक्त प्रतिवेदनमा यस मिशनलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको पाइएको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- अफ्रिकी मुलुक मालीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति ‘मिशन’ थप कर्मचारी र सैनिक बिना दिगो हुन नसक्ने निष्कर्षसहित राष्ट्रसंघले प्रतिवेदन निकालेको पाइएको छ।

triton college

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले फेला पारेको उक्त प्रतिवेदनमा यस मिशनलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको पाइएको छ। प्रतिवेदनमा उक्त मिशनका मुख्य शर्त पालना नभएमा सेना फिर्ता गर्नेसम्मका सुझाव पनि दिइएको छ।

अतिवादी इस्लामिक लडाकुको निरन्तर आक्रमणका कारण पतनको बाटोमा रहेको मालीलाई जोगाउन शान्ति मिशन स्थापना गरिएको भए पनि त्यहाँको सुरक्षा स्थिति निरन्तर बिग्रँदै गएको बताइएको छ।

उक्त देशको वर्तमान अवस्थालाई लिएर महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदनमा पनि यसलाई स्वीकार गरिएको छ। महासचिवले प्रतिवेदनमा मालीको वर्तमान स्थिति दिगो नरहेको उल्लेख गरेका छन्। शान्ति स्थापनाका निम्ति खडा गरिएको मिशन नै अशान्त रहेको आशय प्रतिवेदनमा व्यक्त गरिएको छ।

करिब नौ वर्षदेखि मालीमा सबैभन्दा धेरै सैनिक परिचालन गरेको राष्ट्र फ्रान्स गत अगस्ट महिनामा फिर्ता भएपछि यस मिशन बढ्दो दबाबमा परेको छ।

corrent noodles
Metro Mart

उक्त मिशनले परिषद्ले दिएको कार्यादेश कार्यान्वयन नभएकामा पनि महासचिव असन्तुष्ट रहेको बताइएको छ। यसअघि थप आर्थिक व्ययभार नपर्ने गरी मालीको केन्द्रीय क्षेत्रलाई मिशनअन्तर्गत समावेश गर्न निर्देशन दिइएको थियो।

सुरक्षा परिषद्को कार्यादेश कार्यान्वयन नहुँदा मालिका जनता तथा अधिकारीले पनि उक्त मिशनको आलोचना गरेका छन्। महासचिवले समस्याको समाधानका निम्ति तीन वटा प्रस्ताव पनि अघि सारेका छन्।

माली मिशनलाई सबै क्षेत्रमा सैनिक परिचालनलगायत कार्यादेश कार्यान्वयनका निम्ति पूर्ण अधिकार प्रत्यायोजन गर्ने, सैनिक र प्रहरी कर्मचारी तीन हजार छ सय ८० वा दुई हजारमा राख्ने सामान्य योजना पनि अघि सारिएको छ।

प्रकाशित: Jan 21, 2023| 00:05 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।