बुधबार, पुस २, २०८२

प्रधानमन्त्री कपको फाइनलमा प्रदेश १ र सुदूरपश्चिम भिड्ने

इटहरीको जनता पार्कमा सम्पन्न सेमीफाइनल खेलमा जित निकाल्दै प्रदेश १ र सुदूरपश्चिमले फाइनलमा स्थान बनाएका हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

इटहरी- इटहरीमा जारी प्रधानमन्त्री कपको फाइनलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशको सामना गर्ने भएको छ। इटहरीको जनता पार्कमा सम्पन्न सेमीफाइनल खेलमा जित निकाल्दै प्रदेश १ र सुदूरपश्चिमले फाइनलमा स्थान बनाएका हुन्।

National life

आजको पहिलो सेमीफाइनल खेलमा सुदूरपश्चिमले मधेशलाई ११४ रनले हराएको हो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरा २० ओभर खेल्दै दुई विकेट मात्र गुमाएर १८० रन बनाएको थियो। जवाफमा मधेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो।

खेलमा प्लेयर अफ दि म्याच बनेकी कविता कुँवरले एक विकेट लिँदै ७० रन बनाएकी थिइन्। उनले ५२ बलमा ९ चौकका साथ सो रन जोडेकी हुन्। आजै भएको दोस्रो खेलमा प्रदेश १ ले विभागीय टिम एपीएफलाई ८ विकेटले हराएको छ। 

पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर चार बलमै सम्पूर्ण विकेट गुमाएर ४५ रन बनाएको थियो। ४६ रनको लक्ष्य पाएको प्रदेश १ ले दुई विकेट मात्र गुमाएर पुरा गरेको हो। लक्ष्य पुरा गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले २० रन जोडिन्।

खेलको पहिलो पारीमा प्रदेश १ का एलिशा खडिया र संगीता राईले समान तीन-तीन विकेट लिइन्। सबनम राईले दुई विकेट गिराइन्। आजको खेलमा हार बेहोरेपछि एपिएफ र मधेश प्रतियोगिताबाटै बाहिरिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2023| 17:22 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।