आइतबार, जेठ ३, २०८३

कांग्रेसबाट उपसभामुखको प्रत्यासीमा मुक्ता यादव

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुखमा मुक्ता यादवलाई उठाउने निर्णय गरेको हो
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं– बिहीबार मात्रै संघीय प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएर हार बेहोरेको नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दर्ता गराउने भएको छ।

National life

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुखमा मुक्ता यादवलाई उठाउने निर्णय गरेको हो। कांग्रेस केन्दीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन्।

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो। उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन्। सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उम्मेदवार घोषणा गरेको छ।

विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो। सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।

धुम्बाराही बैठकले उपसभामुख उम्मेदवार तयर गरेपछि सत्ताबाहिरका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ। सभामुखको निर्वाचनमा कांग्रेसलाई नेकपा एस, राष्ट्रिय जनमोर्चाले साथ दिए पनि सत्ता गठबन्धनका उम्मेदवारले जित हात पारेका थिए।

प्रकाशित: Jan 20, 2023| 12:34 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...