आइतबार, जेठ ३, २०८३

संघीय सभामुख र उपसभामुखमा झापालीलाई चिठ्ठा

एमाले अध्यक्ष केपी ओलीको कोटाबाट सभामुख पाएका घिमिरे र रास्वपा अध्यक्ष रवि लामिछानेको पार्टीबाट उपसभामुखमा अगाडि सारिएकी राना मगर दुवै झापाली हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद इन्दिरा राना मगरलाई संघीय सदनको उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद राना मगरलाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।

National life

सात दलीय गठबन्धनबीच उपसभामुख रास्वपालाई दिने सहमति भएको थियो। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको दाबी थियो। तर पार्टीले इन्दिरालाई उठाउने निर्णय गरेको हो। उपसभामुखकी दाबेदार मानिएकी सांसद सोविता गौतमले राना मगरलाई उठाउने निर्णय सर्वसम्मत भएको बताइन्। उनले आफू प्रस्तावकको रूपमा बस्ने दाबी गरिन्। 

रास्वपाले उपसभामुख उम्मेदवार ५२ वर्षीया इन्दिरालाई आदिवासी महिलातर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो। उनी झापाकी हुन्। बाल अधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय भएकै कारण उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा समेटिएकी थिइन्। 

यसअघि बिहीबार मात्रै संघीय सभामुखमा निर्वाचित भएका देवराज घिमिरे पनि झापाकै हुन्। एमाले अध्यक्ष केपी ओलीको कोटाबाट सभामुख पाएका घिमिरे र रास्वपा अध्यक्ष रवि लामिछानेको पार्टीबाट उपसभामुखमा अगाडि सारिएकी राना मगर दुवै झापाली हुन्।

प्रकाशित: Jan 20, 2023| 11:50 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...