आइतबार, जेठ ३, २०८३

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

घिमिरेले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका वहन गर्नुपर्ने भएकाले एमालेमा रहँदा सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

National life

काठमाडौं– सात दलीय गठबन्धनको एमाले कोटाबाट बिहीबार सभामुख निर्वाचित भएका देवराज घिमिरेले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका वहन गर्नुपर्ने भएकाले एमालेमा रहँदाका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

सभामुख निर्वाचन हुनुअघि एमाले स्थायी कमिटी सदस्य र पार्टीको प्रदेश १ इन्चार्जसमेत घिमिरेले पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन्। घिमिरेले आजै पद तथा गोपनीयताको सपथ लिएपछि सभामुखको कामकाज सम्हाल्नेछन्।

प्रकाशित: Jan 20, 2023| 11:12 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...