सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेरो कार्यकालमा स्वास्थ्य क्षेत्रमा क्रान्ति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मेरो कार्यकालमा स्वास्थ्य क्षेत्रमा क्रान्ति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा स्वास्थ क्षेत्रमा क्रान्ति गर्ने बताएका छन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा स्वास्थ क्षेत्रमा क्रान्ति गर्ने बताएका छन्।

National life

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यो पटक राष्ट्र र जनताको लागि केही नयाँ काम गर्ने र स्वास्थ क्षेत्रमा नयाँ क्रान्ति गर्ने बताएका हुन्। 

प्रधानमन्त्री दाहालले मानव अंग प्रत्यारोपण अस्पतालको भवन निर्माणका लागि आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा भक्तपुरको सल्लाघारीमा ९९ रोपनी जग्गा दिने निर्णय गरेकोमा त्यो कार्यान्वयन गर्ने बताए।

उनले भने, 'म अघिल्लोपटक प्रधानमन्त्री हुँदा केन्द्रलाई ९९ रोपनि जग्गा दिने निर्णय गरेको थिएँ। मभन्दा पछिको सरकारले त्यो निर्णय रोकेको रहेछन्। म फेरि प्रधानमन्त्री भएको छु, त्यो निर्णयलाई छिट्टै क्याविनेटबाट पास गरि जग्गा उपलब्ध गराउनेछु,' उनले भने।

प्रकाशित: Jan 20, 2023| 10:28 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।