सोमबार, असार २३, २०८२

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण

अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ। जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ।
 |  शुक्रबार, माघ ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

vianetvianet

मुम्बई- अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ। जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ। 

फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो। गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो। यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ। यहाँ फिल्मका पाँच किस्सा प्रस्तुत छ, जसलाई फिल्म सुपरहिट हुने आधार मानिएको छ।

शाहरुख खानको लुक्स

फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ। उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन्। यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन्।

कलाकारलाई तालिम

फिल्मका लागि बलिउड कलाकारलाई निकै कडा तालिम दिइएको थियो। फिल्मका लागि उनीहरूले हिउँमा बाइक चलाउने र कुदिरहेको रेलमाथि हिँड्ने जस्ता तालिम दिइएको थियो। उनीहरुले कडा मेहनत गरेर लिएको तालिमलाई सुटिङमा पनि त्यसरी नै पूरा गरेका थिए।

दीपिका पादुकोणको एक्सन

फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन हेर्न पाउँछन्। फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ।

प्रि–प्रोडक्सन

फिल्मको प्रि–प्रोडक्सनमा निकै समय लागेको थियो। अर्थात झन्डै दुई वर्ष निर्माण युनिटले प्री प्रोडक्सनमै समय बितायो। यसका लागि उनीहरूले विश्वभरका विभिन्न स्थानको चक्कर काटे।

प्रकाशित: Jan 20, 2023| 10:40 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।