आइतबार, जेठ ३, २०८३

उपसभामुखमा विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

National life

आज उपसभामुखका लागि मनोनयन गर्न संसद सचिवालयले समय निर्धारण गरेको छ। सोही प्रयोजनका लागि उम्मेदवारी दर्ता गर्न कांग्रेसले उम्मेदवार टुङ्ग्याउन लागेको हो।

बैठक बिहान १० बजेका लागि धुम्बाराहीस्थित सभापनि शेरबहादुर देउवा निवासमा बोलाइएको हो। कांग्रेसले पहिले उपसभामुख पदका उम्मेदवारी कुन दलबाट दिने भन्ने विषयमा निर्णय लिने जनाइएको छ। किनकि विपक्षी गठबन्धनमा कांग्रेससहित नेकपा एस, लोसपा पनि छ।

सभामुखमा कांग्रेसबाट ईश्वारी न्यौपान उम्मेदवार बनेकी थिइन्। आज मनोनयन दर्तापछि भोलि शनिबार उपसभामुखको निर्वाचन हुँदैछ।

प्रकाशित: Jan 20, 2023| 10:12 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...